मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटलसँग छुटसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले रामनगर सामुदायिक हस्पिटलका विभिन्न सेवामा २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।