अर्जेन्टिनामा राष्ट्रपति पदको निर्वाचनका लागि प्राथमिक चुनाव भएको छ। देशभर १७ हजार चार सय ३१ सार्वजनिक र निजी विद्यालयहरूमा स्थापना गरिएको मतदान केन्द्रहरूमा निर्वाचन गरिएको थियो।
आगामी २२ अक्टाेबरमा हुने आमचुनावका लागि उम्मेदवारी चयन गर्न आइतबार प्राथमिक निर्वाचन गरिएको हो। राष्ट्रपति पदको उम्मेदवार बन्न १७ जनाभन्दा बढी विभिन्न दलका नेता तथा स्वतन्त्र व्यक्तिले प्राथमिक निर्वाचनमा भाग लिएका थिए।
करिब तीन करोड ५३ लाख ९४ हजार चार सय २५ अर्जेन्टिनावासीलाई मतदानका लागि बोलाइएको थियो। अर्जेन्टिनामा अनिवार्य मतदान गर्नुपर्ने नियम छ।
मतदाताले २०२३–२०२७ को राष्ट्रपतिको कार्यकालका लागि १७ जना राष्ट्रपति पदका आकांक्षी र उनीहरूको दौडमा रहेका प्रतिस्पर्धीबाट आफ्नो देशको राष्ट्रपति चयन गर्न सक्नेछन्।
[सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री।]