सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल घोषणा

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण

 लक्ष्मी सनराइज बैंक लिमिटेडबाट प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल घोषणा भएको छ । 

सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाले आर्थिक वर्ष ०७९/८० का लागि फन्डका इकाइधनीलाई करसहित १६ प्रतिशत प्रतिफल दिने भएको हो । इकाइधनीलाई कुल १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्न लागेको कम्पनीले जनाएको छ । विगत तीन वर्षमा सनराइज फर्स्ट म्युचुअल फन्ड योजनाले ६९ प्रतिशत लाभांश वितरण गर्न सफल भएको जनाइएको छ । 

सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने
लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी सनराइज क्यापिटलले सेयरधनीलाई करसहित ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । साधारणसभाले निर्णय गरेको लाभांश साधारणसभावाट पारित भएपछि वितरण गरिनेछ । 

सुझावित समाचार