सय किलो सुन तस्करी प्रकरण : बेइजिङ उड्न लागेका दुई चिनियाँ एयरपोर्टबाट पक्राउ, सिआइबीलाई बुझाइयो

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण

सय किलो सुन तस्करीमा संलग्न रहेको भनिएका दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । बेइजिङ उड्न लागेका उनीहरूलाई आज बिहान पौने ६ बजे विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर सिआइबीलाई जिम्मा लगाएको छ । पक्राउ पर्नेमा लिी जियालिन र ली फुयान छन् । 

हिमालयन एयरलाइन्सको एच ९६६५ नम्बरको उडानबाट उनीहरू चीन प्रस्थान गर्न लागेका थिए । उनीहरूले सवा ७ बजेको टिकट बुक गरेका थिए । यससँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्ने चिनियाँको संख्या तीन पुगेको छ । यसअघि ४ गते एकजना चिनियाँ पक्राउ परेका थिए ।

आज पक्राउ परेका दुई चिनियाँ यसअघि नै अध्यागमनको कालोसूचीमा थिए । कालोसूचीमा रहेका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । सुन तस्करीमा आशंका गरिएका अझै सातजना चिनियाँ अध्यागमनको कालोसूचीमा छन् ।

सुझावित समाचार