विष खुवाएर छोरीको हत्या प्रयास

बिहिबार, २५ साउन, २०८०
डिजिटल संस्करण

साथीको घरमा गएर आफ्नो बेइज्जत गरेको भन्दै सुनसरीमा एक बाबुले आफ्नै युवती छोरीलाई विष खुवाएर हत्या गर्ने प्रयास गरेका छन् । इलाका प्रहरी दुहबीका अनुसार सुनसरीको बर्जु गाउँपालिका– २ का ५० वर्षीय अर्जुन कामतले अर्काको घरमा गएर आफ्नो बेइज्जत गर्ने गरेको भन्दै मंगलबार साँझ कीटनाशक विषादी जबर्जस्ती खुवाएर २० वर्षीया छोरी राधिकाको हत्या प्रयास गरेका हुन् । 

प्रहरीले अर्जुनलाई पक्राउ गरेको छ । राधिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ । इप्रका दुहबीका इन्स्पेक्टर बुद्धिकुमार चौलागाईंका अनुसार रक्सी खाएर आएका अर्जुनले मंगलबार साँझ जबर्जस्ती कीटनाशक विषादी खुवाएपछि राधिका बेहोस भएकी थिइन् ।

उनलाई छिमेकीले मंगलबार राति नै उपचारका लागि अस्पताल पुर्याएका थिए । छिमेकीका अनुसार सधैँ रक्सी सेवन गर्ने अर्जुनले श्रीमती र छोराछोरीलाई कुटपिट गर्ने गरेका छन् । कुटपिटबाट जोगिन ठूली छोरी राधिका साथीको घरमा गएर बस्ने गरेकी थिइन् ।

See More On

सुझावित समाचार