पत्रकार आरके अदीप्त गिरीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेकोमा विरोध

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

कालीगण्डकी बचाउ अभियानका अभियन्ता तथा पत्रकार आरके अदीप्त गिरीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेकोमा विरोध भएको छ । कालीगण्डकी दोहनको विषयमा पत्रकारदेखि विभिन्न क्षेत्रका व्यक्तिको मिलेमतो रहेको भन्दै फेसबुकमा आलोचना गरेका आधारमा उनीविरुद्ध पर्वत प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । गिरीविरुद्ध पक्राउ जारी भएकोमा अभियन्ता तथा पत्रकारले नै विरोध गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्वतले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार पक्राउ पुर्जी जारी गरेको हो । पत्रकारहरूको किटानी जाहेरीका आधारमा जाहेरी दर्ता गरी अदालतबाट पक्राउ अनुमति लिइएको पर्वतका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

गिरीले कसैको नाम नलिई पत्रकारहरूको आलोचना गरेका थिए । नदी दोहान गर्ने गिरोहसँग मिलेको उनको आरोप थियो । पत्रकार गिरीले कालीगण्डकी दोहनविरुद्ध संघर्ष गर्दै आएका छन् । 

सुझावित समाचार