३ प्रश्न

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

अहिले फैलिएको आँखा पाक्ने रोग कस्तो समस्या हो ?
यसलाई भाइरल कन्जन्टिभाइटिस भनिन्छ । भाइरसको संक्रमणपछि सामान्यतः दायाँ या बायाँ एउटा आँखामा समस्या देखिन थाल्छ । यसलाई हामी ‘पिंक आई’ भन्ने गर्छौं । यो निकै संक्रामक रोग हो । 

यसको संक्रमण कसरी एक व्यक्तिबाट अर्को व्यक्तिसम्म फैलिन्छ ?
यो रोग संक्रमितको आँखामा हेर्दैमा या नजिक बस्दैमा सर्ने होइन । संक्रमितको आँसु या आँखा छोएको हात, टाबेल आदिको सम्पर्क स्वस्थ आँखासम्म पुग्यो भने यो रोग सर्छ । संक्रमितलाई छोइसकेपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ । एउटै टाबेल प्रयोग गर्नु हुँदैन । सुरुका तीन–चार दिनसम्म यो निकै संक्रामक हुन्छ । चिकित्सकको सहल्लाहमा औषधि प्रयोग गरियो भने यो बिस्तारै मत्थर हुँदै जान्छ र १०–१२ दिनमा पूर्ण निको हुन्छ । तर, हेलचेक्र्याइँ गरियो भने आँखा सुन्निने, नानीमा घाउ हुनेजस्ता समस्या पनि देखिन सक्छन् । यस्तो अवस्थामा आँखाको दृष्टि धमिलो हुन सक्छ ।

यसबाट बच्न के–के उपाय गर्न सकिन्छ ?
यसबाट बच्ने उपाय भनेको नै सतर्कता अपनाउने हो । परिवारमा कसैलाई यस्तो समस्या देखिएको छ भने उसलाई छोइसकेपछि साबुनपानीले हात धुनुपर्छ । एउटै सिरानी र टाबेल प्रयोग गर्नुहुँदैन । चिकित्सकलाई नजँचाई आफूखुसी औषधि प्रयोग गर्नुहुँदैन । आँखामा जथाभावी एन्टिबायोटिक तथा इस्टेरोइड औषधि प्रयोग गर्नु हुँदैन । झोलिलो खानेकुरा बढी खानुपर्छ र पर्याप्त आराम गर्नुपर्छ । 

सुझावित समाचार