राष्ट्रपति पौडेलसँग युरोपेली संघकी राजदूतको शिष्टाचार भेट

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले शिष्टाचार बिदाइ भेट गरेकी छिन्।

मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा नेपाल र युरोपेली संघबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

त्यस अवसरमा राष्ट्रपति पौडेलले युरोपेली संघले नेपालको विकास साझेदारका रूपमा पुर्याएको सहयोगका लागि धन्यवाद दिएकाे विज्ञप्तिमा जनाइएको छ।

सुझावित समाचार