अभियन्ता इन्दिरालाई थप आठ दिन हिरासतमा राख्न म्याद थप

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण

सामुदायिक शिक्षा सुधारको माग गर्दै धर्नामा बसेकी अभियन्ता इन्दिरा चापागाईंलाई विराटनगर महानगरपालिकाले प्रहरी लगाएर पक्राउ गरेको छ।

महानगरले उनलाई  मेयरमाथि अभद्र व्यवहार गरेको भन्दै मुद्दासमेत दर्ता भएको छ। आज चापागाईंलाई अझै थप आठ दिन हिरासतमा प्रहरीले राख्न म्याद थप गरेको छ। 

विराटनगर महानगरपालिका– ५ बस्दै आएकी ५२  वर्षीया इन्दिरा चापागाईंलाई मेयरलाई अभद्र व्यवहार गरेको भन्दै गत सोमबार प्रहरी बोलाएर पक्राउ गर्न लगाई अभद्र व्यवहारमा मुद्दा दर्ता भएको हो।  

विराटनगरको बरगाछीस्थित गोग्राहा माध्यमिक विद्यालय सञ्चालक समिति अध्यक्षसमेत रहेकी चापागाईं गोग्राहा कलेजलाई महानगरपालिकाले प्रक्रिया नपुर्याई बजेट विनियोजन गरेको भन्दै महानगरअगाडि गत जेठदेखि निरन्तर धर्ना बस्दै आएकी थिइन्। 

सुझावित समाचार