जुम्लामा पौने दुई करोडभन्दा बढी मालपोत राजस्व संकलन

आइतबार, २१ साउन, २०८०
डिजिटल संस्करण

जुम्लामा पौने दुई करोडभन्दा बढी मालपोत राजस्व संकलन भएको छ। जिल्ला मालपोत कार्यालय जुम्लाले गएकाे आर्थिक वर्षमा एक करोड ८१ लाख ५० हजार आठ सय ७८ रुपैयाँ राजस्व संकलन गरेको हो।

रजिस्ट्रेसन दस्तुरबापत ९२ लाख ९३ हजार आठ सय ५५ रुपैयाँ, जग्गा रोक्काबापत १८ लाख ७६ हजार नाै सय ८५ रुपैयाँ,  पुँजीकर लाभकर ६४ लाख ६ हजार पाँच सय ९८ रुपैयाँ र विविध पाँच लाख ७३ हजार चार सय ४० रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए।

उनका अनुसार राजीनामा, अंशबन्डा, बकसपत्र, रोक्कालगायत यहाँ सातवटा गाउँपालिकाबाट पाँच सय ५५ र चन्दननाथ नगरपालिकाबाट चार सय १० गरी नौ सय ६५ रजिस्ट्रेसन लिखत पारित भएका छन्।

गत दुई आर्थिक वर्षमा लक्षित वर्गका लागि २२ लाख ६१ हजार दुई सय ८१ रुपैयाँ छुट गरिएको छ। नगरपालिकाभित्रका लक्षित वर्गका लागि २५ प्रतिशत र गाउँपालिकाभित्रका लक्षित वर्गलाई ५० प्रतिशत छुटको व्यवस्था छ।

द्रुत गतिमा चल्ने इन्टरनेट जडानपछि विगतका वर्षमा जस्तो सेवाग्राहीले ढिलो सेवा लिनुपर्ने समस्या टरेको छ। सम्पूर्ण प्रक्रिया मिलाएर आएका कागजातको छिटो सेवा प्रवाह भइरहेको प्रमुख रोकायाको भनाइ छ।

See More On

सुझावित समाचार