प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

आइतबार, २१ साउन, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्। परराष्ट्रमन्त्री एनपी साउदले आज सेप्टेम्बरको तेस्रो–चौथो साता प्रधानमन्त्रीको चीन भ्रमण गर्ने तयारी भइरहेको जानकारी दिए। 

प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रूपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण गर्ने कार्यको उद्घाटन गर्दै मन्त्री साउदले भने, ‘हामी भ्रमणको तयारी अवस्थामा छौँ।’ उनले वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिन पक्षमा रहेको स्पष्ट पारे। 

वर्तमान सरकार गठनपछि प्रधानमन्त्री दाहालको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले सो अवसरमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए। 

उनले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरे। 

सुझावित समाचार