राप्ती प्रतिष्ठानमा पदाधिकारीको गैरकानुनी नियुक्तिको विरोध, खारेज गर्न माग गर्दै प्रदर्शन

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको गैरकानुनी नियुक्ति खारेजीको मागसहित शुक्रबार प्रदर्शन भएको छ ।

सचेत नागरिक दाङले ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रका बेथितिविरुद्ध नागरिक खबरदारी कार्यक्रम’ आयोजना गरेर विरोध प्रदर्शन गरेको हो ।

सचेत नागरिक दाङका समन्वयकर्ता विशाल अधिकारीका अनुसार प्रतिष्ठानमा भएका पदाधिकारी नियुक्ति, खरिद प्रक्रियामाथि खबरदारी र भरपर्दाे उपचारका लागि दबाब दिन दिउँसो शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो ।

राप्ती प्रतिष्ठानका पदाधिकारीको नियुक्ति गैरकानुनी रहेको र थप अनुसन्धानका लागि फाइल अख्तियारमा पठाइएको समाचार नयाँ पत्रिकाले १७ साउनको अंकमा प्रकाशित गरेको थियो ।

सुझावित समाचार