जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण
जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

फाइल तस्बिर

जनमत पार्टीले संघ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ।

पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा. सिके राउतले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बताए।

बैठकले पार्टी संगठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन– ८४’ अगाडि बढाउने निर्णय गरेको छ। 

पार्टीले आज स्थानीय जनप्रतिनिधि सम्मिलित पार्टी समन्वय बैठक बोलाएको छ। बैठकमा वडाध्यक्ष, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ। 
 

सुझावित समाचार