गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका– ४ डाँडाथोक बस्ने ३६ वर्षीया फूलकुमारी नेपालीको मृत्यु भएको हो।
नेपाली आफ्ना छोरीहरूसँग स्थानीय ढुंगेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन्। करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको नेतृत्वमा पाँचजनाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ। मृतकको शव घाँस काट्न गएका स्थानीय महिला मिलेर घरमा ल्याएका थिए।