प्रखर परोपकार मिसनको अध्यक्षमा महेन्द्र मल्ल

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

प्रखर परोपकार मिसनको अध्यक्षमा महेन्द्र मल्ल निर्वाचित भएका छन् l मंगलबार सम्पन्न अधिबेसनले मल्ललाई अध्यक्षमा चयन गरेको हो l अधिबेशनले मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुदीप पौडेल, उपाध्यक्षमा शेरबहादुर बिसी, महासचिवमा विवेक लामिछाने, सचिवमा लेखनाथ सापकोटा, कोषाध्यक्षमा तारामणि अधिकारी र सहकोषाध्यक्षमा जीवनाथ सापकोटालाई चयन गरेको छ।

सर्वसम्मत नेतृत्व चयन भएकामा निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले धन्यवाद दिएका छन्। उनले  १८ वर्षसम्म लगातार नेतृत्व गरेर सर्वसम्मत नेतृत्व चयन गरी हस्तान्तरण गर्दा अत्यन्त खुसी लागेको बताए।

सुझावित समाचार