सिराहाको गोलबजारमा युवकको शव फेला

मंगलबार, १६ साउन, २०८०
डिजिटल संस्करण

सिराहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ। गोलबजार नगरपालिका– २ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

गागन खोलाकिनारको झाडीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  शवको प्रकृति हेर्दा युवकको हत्या गरी फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। टाउकामा चोट लागेको र घाँटीमा गम्छा बाँधिएको अवस्थामा शव भेटिएकाले हत्या भएको हुन सक्ने गोलबजार इलाका प्रहरी कार्यालयले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रवीन्द्रराज पाण्डेले अन्यत्र कतै हत्या गरी शव झाडीमा फालिएको हो कि भन्ने आशंका भएकाे बताए। उनका अनुसार प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको छ।
 

See More On

सुझावित समाचार