बागमती प्रदेशले सात अस्पताललाई दियो शवबाहन

आइतबार, १४ साउन, २०८०
डिजिटल संस्करण

बागमती प्रदेश सरकार मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले आइतबार प्रदेशका विभिन्न सात अस्पताललाई शवबाहन हस्तान्तरण गरेको छ। 

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलले प्रदेश सरकार मातहतका विभिन्न जिल्लाका अस्पतालहरूलाई शवबाहन हस्तान्तरण गरेको हो । केन्द्रले चितवनको बकुलहर अस्पताल, रामेछाप, दोलखा, रसुवा, चौतारा, नुवाकोट, र सिन्धुलीलाई शवबाहन हस्तान्तरण गरेको हो।

शवबाहन प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सम्बन्धित अस्पतालका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेका हुन्। स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका लेखा अधिकृत राधाकृष्ण श्रेष्ठका अनुसार मन्त्रालयबाट स्वीकृत कार्यक्रमअनुसार आर्थिक वर्ष ०७९-८० मै खरिद गरिएको शवबाहन प्रादेशिक अस्पतालहरूलाई हस्तान्तरण गरिएको हो। 

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कामु निर्देशक वसन्त अधिकारीलगायत उपस्थित थिए।

सुझावित समाचार