सत्तारुढ एकीकृत समाजवादीले आगामी ५ भदौमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
महासचिव घनश्याम भुसालका अनुसार कान्तिपुर गार्डेन ब्यांकेट बालकुमारीमा बस्ने बैठक तीन दिन चल्नेछ।
त्यसअघि ३ र ४ भदौमा पोलिटब्युरो २० र २१ साउनमा स्थायी कमिटी र १९ साउनमा सचिवालय बैठक बस्ने भुसालले जानकारी दिए।