नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको छ : अध्यक्ष यादव

आइतबार, १४ साउन, २०८०
डिजिटल संस्करण

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका छन्। आइतबार समाजवादी मोर्चानिकट विद्यार्थी संगठनहरूले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको यादवले टिप्पणी गरे। उनले सरकारले लगानी गरेको विद्यालय, क्याम्पस र विश्वविद्यालयहरूमा पढ्ने विद्यार्थी नै पाउन छोडिसकिएको बताए।

‘नेपालमा सबैभन्दा अगाडि ध्वस्त भएको, सबैभन्दा बढी बरबाद भएको, सबैभन्दा बढी अराजक भएको, सबैभन्दा बढी बेवारिसे भएको कुनै क्षेत्र छ भने त्यो शिक्षा क्षेत्र नै छ। चाहे त्रिभुवन विश्वविद्यालयमा जानुस्, अन्त जानुस्। सरकारले लगानी गरेको स्कुलमा जानुस्। सरकारले चलाएको विश्वविद्यालय र क्याम्पसमा हेर्न जाने हो भने अब त विद्यार्थी पाउन पनि छोडिसक्यो,’ उनले भने।

अध्यक्ष यादवले नेपालको संविधानमा समाजवादउन्मुख लेखिएको भए पनि व्यवहार भने विकृत पुँजीवादउन्मुख भएको उल्लेख गरे। सरकारको नीति, कार्यक्रम र बजेट कर्मचारीले बनाउने गरेको भन्दै उनले कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद नआउने दाबी गरे।

सुझावित समाचार