सार्वजनिक लेखा समितिले सय क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
आइतबार बसेको समितिको बैठकले त्रिभुवन विमानस्थल भन्सारबाट भित्रिएको सुन तस्करी प्रकरणबारे तत्कालै निष्पक्ष र स्वतन्त्र उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीका अनुसार तराईको खानेपानी समस्याबारे पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ। त्यस्तै, समितिको बैठकले आन्तरिक कार्यविधि पारित गरेको छ।