युवा उद्यमी मञ्चको अध्यक्षमा गोयल

शनिबार, १३ साउन, २०८०
डिजिटल संस्करण

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ)को अध्यक्षमा अनुराग गोयल चयन भएका छन् । बिहीबार काठमाडौंमा भएको मञ्चको वार्षिक साधारणसभाले सन् २०२३/०२४ का लागि गोयललाई अध्यक्ष चयन गरेको हो । 

मञ्चको कार्यसमितिमा आशिष अग्रवाल (लर्निङ चेयर), चिराग सरावागी (मेम्बरसिप चेयर), मनीष श्रेष्ठ (मेम्बर इन्टिग्रेसन), सुगम घिमिरे (ग्रोथ एन्ड एक्सपान्सन), सकेत संघाई (फाइनान्स चेयर), निदा दुन मल्ल (कम्युनिकेसन चेयर), पुनित अग्रवाल (स्टार्टअप चेयर) र सिने खेतान चुरिवाल स्टार्टअप (को–चेयर) निर्वाचित भएका छन् । 

नवनिर्वाचित अध्यक्ष गोयलले स्टार्ट–अप र युवाहरूलाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्ने गरी काम गर्ने बताएका छन् । साधारणसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको सुदृढीकरणमा उद्यमीहरूको महत्वपूर्ण भूमिका रहेको बताए । 

सुझावित समाचार