अवैध संरचना हटाउँदै राजविराज नगरपालिका [तस्बिरहरू]

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण

सप्तरीको राजविराज नगरपालिकाले वडा नम्बर ७ हटियामा बनाइएका अव्यवस्थित संरचना हटाउन सुरु गरेको छ। सार्वजनिक जग्गा हडपेर बनाइएका अवैध संरचनामाथि आज नगरपालिकाले डोजर लगाएको हो। 

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर नगरपालिकाले अवैध संरचनामाथि डोजर चलाएको छ। व्यक्तिको एक इन्च जग्गा नछुने र सार्वजनिक जग्गा एक इन्च पनि नछोड्ने वडाध्यक्ष सुवासचन्द्र यादवले बताए। 

सुझावित समाचार