कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण

कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन्।

आज प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा सभापति देउवाले कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुने बताएका हुन्। 

उनले विभिन्न पेसा, व्यवसाय तथा सबै क्षेत्रमा लागेका प्रजातान्त्रिक विचार राख्नेहरूले कांग्रेस बलियो बनाउनतर्फ  लाग्नुपर्ने धारणा राखे। 

सभापति देउवाले कांग्रेस र प्रजातन्त्रलाई बलियो बनाउन समाजबाट आएका सुझाव ग्रहण गर्दै सबै सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। 

सोही अवसरमा सभापति देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे। 

सुझावित समाचार