कुवेतमा इस्लामिक स्टेट समूहका सदस्यसहित पाँचजनालाई मृत्युदण्ड

बिहिबार, ११ साउन, २०८०
डिजिटल संस्करण

कुवेतले बिहीबार पाँचजनालाई मृत्युदण्ड दिएको छ।

प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विस्फाेटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेती सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ। उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए। 

कुवेती अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर  देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ। मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ। 

See More On

सुझावित समाचार