कांग्रेसले माेसो दल्ने कार्यकर्ताको सदस्यता अविलम्ब खारेज गर्ने

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

कांग्रेसले कुनै पनि माग राखी शारीरिक आक्रमण गर्ने वा मोसो दल्ने कुनै पनि पार्टी सदस्यलाई अविलम्ब सदस्यता खारेज गर्ने निर्णय गरेको छ। आज सम्पन्न हुन लागेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले यस्तो निर्णय जानकारी गराएका हुन्। 

बैठकले ‘जातीय विभेद, घरेलु हिंसा वा अन्य कुनै पनि सामाजिक विसंगतिहरूमा प्रमाणित एवं कुनै पनि प्रकृतिका मागहरू अघि सारेर आन्दोलन गर्ने व्यवहार अर्थात् शारीरिक आक्रमण, कालोमोसो दल्ने घटना आदि गर्ने पार्टीका सदस्य एवं भ्रातृ र शुभेच्छुक व्यक्तिको सदस्यता अविलम्ब खारेज गर्ने यो बैठक निर्णय गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ।

सुझावित समाचार