कांग्रेसको सांगठनिक कार्यतालिका परिमार्जनसहित पारित

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसको सांगठनिक कार्यतालिका परिमार्जनसहित पारित भएको छ। केन्द्रीय समिति बैठकले कार्यतालिका परिमार्जनसहित पारित गरेको पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

परिमार्जित कार्यतालिकाअनुसार मंसिर ११, १२ र १३ गते महासमिति बैठक बस्ने निर्णय भएको छ। काठमाडौंमा बस्ने महासमिति बैठकले नीति अधिवेशन सम्पन्न गर्ने बताइएको छ। भदौ १० बाट राष्ट्रिय अभियान सुरु गर्ने महामन्त्री शर्माले जानकारी दिए। 

त्यसैगरी, निर्वाचनमा अन्तर्घातको आरोपमा कारबाहीमा परेका १४ जनाको कारबाही फिर्ता गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिले निर्णय गरेको छ। तर, कोलोमोसो दल्ने र अमर्यादित गतिविधि गर्ने कार्यकर्ता तथा भ्रातृ संस्थाका सदस्यको सदस्यता भने खारेज भएको छ।

सुझावित समाचार