सानिमाको बैंक ग्यारेन्टी अब अनलाइनबाट

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ।

यो सुविधाअन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टलमार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन्। त्यसपछि बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेलमार्फत प्राप्त हुनेछ।

उक्त सूचना प्राप्त गरेपश्चात् सम्बन्धितले सक्कल आवेदनसहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) संकलन गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ। आवेदनमा कुनै समस्या भएमा कारणसहित इमेलमार्फत समयमै सूचना पठाइने बताइएको छ।
 
यस प्रविधिबाट ग्राहकहरूलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ। सानिमा बैंककोे सातै प्रदेशमा एक सय ३२ वटा कार्यालयहरू र एक सय २३ वटा एटिएम सञ्जालहरू रहेका छन्।

सुझावित समाचार