एमालेले माग्याे गृहमन्त्रीकाे राजीनामा

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले ०७४ सालमा केपी ओलीको नेतृत्वमा सरकार बनेपछि सुन तस्करीको जालो खोज्ने काम भएको बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता गिरीले पछिल्लो सय किलो सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्री तथा प्रधानमन्त्रीको संलग्नता रहेको दाबी गरे। 

उनले तत्कालीन सभामुख कृष्णबहादुर महरा र उनका छोरामाथि सुन तस्करीको आरोप लाग्दा सत्ताको आडमा संरक्षण गर्ने काम भएको आरोप लगाए। उनले ठूला माछा उम्काउने, सानालाई खोजी–खोजी थुन्ने काम भएको बताए। 

उनले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै यो माग पूरा नभए फेरि संसद् अवरोध गर्ने चेतावनी दिए। गृहमन्त्री नारायणकाजी श्रेष्ठ पदमा बस्न लायक नभएको र तत्काल पदबाट हट्नुपर्ने उनको भनाइ थियो। 

सुझावित समाचार