नयाँ बानेश्वरमा लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले प्रदर्शन गरेको छ। केही दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका उनीहरू आज संसद् भवन घेराउ गर्न नयाँ बानेश्वर पुगेका हुन्।
निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ अघि बढ्न थालेपछि प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।





