महाकाली किनारमा बालिकाको शव

मंगलबार, ९ साउन, २०८०
डिजिटल संस्करण

महाकाली नदी किनार क्षेत्रमा एक बालिकाको शव फेला परेको छ। दार्चुलाको व्यास गाउँपालिका– ४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा आज दिउँसो बालिकाको शव फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी रहेका इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले अन्दाजी १५ वर्षकी बालिकाको शव भेटएको छ। शव सडेको अवस्थामा भेटिएको उनले बताए। 

सो शव भारतीय नागरिकले देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए। इन्स्पेक्टर सिंहले सुन्सेरा प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय हुतीका प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह कार्कीको टोलीले घटनास्थल पुगेर मुचुल्का गरेको जानकारी दिँदै अनुसन्धान अगाडि बढेको बताए। 

सुझावित समाचार