नीतिगत दर ६.५ प्रतिशतमा झर्‍यो

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सजगतापूर्वक लचिलो कार्यदिशासहितको मौद्रिक नीति ल्याएको हो।

केन्द्रीय बैंकले सात प्रतिशतको नीतिगत दरलाई ६.५ प्रतिशतमा झारेको छ। आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखेको छ । निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।
 
केन्द्रीय बैंकले सञ्चालन लक्ष्यको रूपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजारमा कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने उल्लेख गरेको छ । बैंकदरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत् राखिएको छ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिनेछ। अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत् राखिएको छ।

सुझावित समाचार