क्रियाशील सदस्यता वितरणको केन्द्र वडालाई बनाऔँ : एनपी साउद

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको क्रियाशील सदस्यता वितरणको केन्द्र वडालाई बनाउनुपर्ने बताएका छन्।

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्ने क्रममा उनले सदस्यता वितरणको केन्द्र वडालाई बनाउनुपर्ने धारणा राखेका हुन्।

‘सदस्यता वितरणको केन्द्र केन्द्रलाई नबनाई वार्डलाई बनाउनुपर्छ। जबसम्म वडा मजबुत हुन्न, जबसम्म गाउँ मजबुत हुन्न, जबसम्म स्थानीय संरचना मजबुत हुन्न तबसम्म हामीले सदस्यता चाङ जति बढाए पनि हामीले उपलब्धि हासिल गर्न सक्दैनौँ,’ परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले भने।

उनले कुल क्रियाशील सदस्यमध्ये २० प्रतिशत सदस्यले पार्टीको चुनाव चिह्नमा मत नदिने र अन्य २० प्रतिशत सदस्यले आंशिक रूपमा मत दिने गरेको पनि बताए। साउदले ती ४० प्रतिशत क्रियाशील सदस्यहरूलाई पार्टीलाई भोट दिने बनाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। 

‘क्रियाशील सदस्यमध्ये पनि ४० प्रतिशत क्रियाशील सदस्यहरू हामीले पार्टीलाई भोट दिने बनाउनेतर्फ ध्यान दिनुपर्छ,’ उनले भने।

सुझावित समाचार