बलियो कम्युनिस्ट पार्टी अहिलेको आवश्यकता : उपाध्यक्ष भुसाल

शनिबार, ६ साउन, २०८०
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिस्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छिन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत हुनुपर्ने वेलामा कम्युनिस्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको उल्लेख गरिन्। अब फेरि बलियो कम्युनिस्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने भुसालको भनाइ छ।

‘हामीले समाजावादी मोर्चा बनाएका छाैँ। मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्याउने हो। अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिस्ट पार्टीका छातामा रहेकाहरूलाई पनि एउटैमा ल्याउने हाम्रो प्रयास हो,’ उनले भनिन्।

उपाध्यक्ष भुसालले वैचारिक राजनीतिक बहसले एकीकृत कम्युनिस्ट पार्टी बनाउने भूमिका निभाउने दाबी गरिन्। कम्युनिस्टहरू एक ठाउँमा नउभिए नयाँ पुँजीवादीहरूको उदय हुने उनले चेतावनी दिइन्।

सुझावित समाचार