धरान–इटहरी सडकखण्डमा गोली हानेर एकको हत्या, आक्रमणकारी समूह लुटपाट गरी फरार

शुक्रबार, ५ साउन, २०८०
डिजिटल संस्करण

सुनसरीको धरान–इटहरी सडकखण्डको सेउतीपुलमा आज साँझ ५ बजे गोली हानी एकजनाको हत्या भएको छ । गोली हानेपछि आक्रमणकारी समूहले लुटपाट गरेको छ । 

प्रहरीका अनुसार मोरङको विराटनगर महानगरपालिका– ५ घर भएका करिब २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । लुटेरा समूहले गोली प्रहार गरेपछि गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि बिपी प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा उनको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले धरानबाट विराटनगर जाँदै गरेका वेला चौधरीमाथि आक्रमण भएको जानकारी दिए । 

तीनजनाको संख्यामा रहेको आक्रमणकारी समूहले खुकुरी र पेस्तोल बोकेकाे थियाे । चौधरीसँगै रहेकी युवतीका अनुसार दुईजनाले खुकुरी र एकजनासँग पेस्तोल बोकेका थिए । गोली हानेपछि आक्रमणकारी मोबाइल रहेको ब्याग लुटेर फरार भएका छन् । 

घटनालगत्तै प्रहरीले खोजी तथा अनुसन्धान अघि बढाएको छ ।

सुझावित समाचार