झिनाे अंकले घट्याे नेप्से, तीन अर्ब पाँच करोडकाे काराेबार

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण

यो हप्ता लगातार बढेको सेयर बजार साताको कारोबारको अन्तिम दिन झिनो अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा अडिएको छ। 

आज फाइनान्स, होटेल, लगानी, बिमा, म्युचल फन्ड र अन्य समूहको सेयर घटे पनि बाँकी समूहको सेयरमा सामान्य सुधार देखिएको छ। 

आज दुई सय ६४ वटा कम्पनीका ८४ लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब पाँच करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन सबैभन्दा धेरै शिवम् सिमेन्ट (१४ करोड २३ लाख रुपैयाँ) को कारोबार भएको छ। 

समग्रमा बजार घटे पनि विशाल बजार कम्पनी र लिबर्टी इनर्जी कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

सुझावित समाचार