यती डिस्टिलरीले काठमाडौं महानगरपालिका– ५ टंगालस्थित टंगाल माध्यामिक विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डिस्टिलरीले विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराएको हो। विद्यालयका प्राचार्य राजेन्द्र अधिकारीका अनुसार डिस्टिलरीले विद्यार्थीलाई ल्यापटप उपलब्ध गराएको हो। उपलब्ध कम्प्युटर विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा प्रयोग गरिने उनले बताए।
उनले भने, ‘डिस्टिलरीबाट विद्यार्थीका लागि ल्यापटप उपलब्ध भएको छ। यसलाई अब हामी ‘डिजिटल बोर्ड’सँग जोड्छौँ। यसले विद्यार्थीको सिकाइमा सहजता ल्याउनेछ। उपलब्ध सामग्रीको विद्यालयले भरपुर उपयोग गर्नेछ।’
उपलब्ध ल्यापटप कक्षा १०, ९ र ८ का विद्यार्थीलाई हस्तान्तरण गरिएको थियो।