बुढीगण्डकी जलविद्युत् कम्पनीको साइट कार्यालय प्रधानमन्त्रीद्वारा उद्घाटन

बुधबार, ३ साउन, २०८०
डिजिटल संस्करण

राष्ट्रिय गौरवको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना बनाउने गरी स्थापना भएको कम्पनीको साइट कार्यालयको उद्घाटन भएको छ।

बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड नामक उक्त कम्पनीको गोरखा जिल्लास्थित सिउरेनीटारस्थित साइट कार्यालयको बुधबार उद्घाटन गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष समारोहका बीच कम्पनीको आयोजना साइट कार्यालयको उद्घाटन गरेका हुन्। बुढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउने गरी गत १७ भदौमा सरकारले कम्पनी स्थापना गरेको हो।

त्यसको झन्डै एक वर्षमा कम्पनीको कार्यालय उद्घाटन गरेका हुन्। कम्पनीको प्रधान कार्यलय भने काठमाडौंको नयाँ बानेश्वरमा स्थापना भइसेको छ।

सुझावित समाचार