नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्षमा कम्तीमा दुईवटा कार्यसमिति बैठक काठमाडौं उपत्यकाबाहिर राख्न प्रस्ताव गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सो प्रस्ताव गरेका हुन्। ११ महिनापछि मंगलबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसेको हो। विधानअनुसार कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्नुपर्ने व्यवस्था छ।
महामन्त्री थापाले कार्यसमितिको आगामी बैठक दुई–दुई महिनापछि पहिलो हप्ता गर्न पनि प्रस्ताव गरेका छन्। ‘साउनमा बसिसकेपछि असोजको पहिलो हप्ता, मंसिरको पहिलो हप्ता, माघको पहिलो हप्ता, चैतको पहिलो हप्ता र जेठको पहिलो हप्ता बैठक राखौँ,’ उनको प्रस्ताव छ।