राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले बुझाइन् सम्पत्ति विवरण

सोमबार, १ साउन, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद् सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छिन्। 

उपाध्यक्ष अर्यालले आज सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष ०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन्।  साथै उनले सम्पत्ति विवरण सार्वजनिक पनि गरेकी छिन्। 

संघीय संसद् सचिवालयले एक सूचना प्रकाशित गरी साउन १ गतेदेखि भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन संघीय संसद्का दुवै सदनका सदस्यलाई अनुरोध गरेको छ।

सुझावित समाचार