नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ।
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल हुने बताइएको छ।
पार्टी कमिटीका रिक्त पदमा मनोनयनका बारेमा समेत छलफल हुनेछ । बैठक मंगलबारसम्म चल्ने सो पार्टीले जनाएको छ।