वालपेपर टाँस्दा घरका भित्ता सुन्दर देखिन्छन् । आफ्नो मुड र कोठाको हिसाबले जुनसुकै डिजाइन रोज्न सकिन्छ । वालपेपर छान्दा घरको लोकेसन र लाइटलाई ख्याल गर्नुपर्छ । बच्चा बस्ने कोठामा कार्टुन प्रिन्ट भएको ‘वालपेपर’ टाँस्न सकिन्छ ।
उनीहरूलाई मन पर्ने जनावर तथा रूख–बिरुवाका चित्र अंकित वालपेर राख्दा हुन्छ । यस्ता चित्र हेरेर उनीहरू खुसी हुन्छन् र प्रकृतिसँग आफूलाई नजिक पाउँछन् । उनीहरूको कोठालाई रंगिचंगी वालपेपरले सजाउनु राम्रो हुन्छ ।