चालू आर्थिक वर्षको अन्तिम दिन सेयरबजारमा सामान्य सुधार

आइतबार, ३१ असार, २०८०
डिजिटल संस्करण

चालू आर्थिक वर्ष (०७९/८०)को अन्तिम दिन सेयरबजार सामान्य अंकले बढेको छ। सेयरबजार परिसूचक नेप्से आज १२.१६ अंकले बढेर २०९७. ०९ विन्दुमा पुगेको छ।

आज फाइनान्स, होटेल, जलविद्युत्, जीवन बिमा र व्यापार समूहको सेयर सामान्य घटे पनि बाँकी समूहका सेयर सामान्य अंकले बढेको छ।

आज दुई सय ८६ वटा कम्पनीका ७१ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३७ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन सबैभन्दा धेरै शिवम् सिमन्टको १९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

आज सनराइज फोकस्ड इक्युटी फन्डको सेयर १० प्रतिशतले बढेको छ भने लिबर्टी इनर्जी कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरैले घटेको छ। 

सुझावित समाचार