एमालेले मिटरब्याजसम्बन्धी विधेयकको प्रक्रियामा प्रश्न उठाएपछि अझै प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन।
प्रतिनिधिसभा बैठक १ बजेलाई बोलाइएको थियो। आजको बैठकले मिटरब्याजसम्बन्धी विधेयक पारित गर्ने तयारी गरेको थियो।
कानुनमन्त्री धनराज गुरुङ र प्रमुख दलका सचेतकहरूबीच छलफल जारी छ। एमालेले प्रतिस्थापन विधेयकलाई सामान्य विधेयक मानेर जान नमिल्ने जिकिर गरेको छ। यसमा सरकारले स्पष्टीकरण दिनुपर्ने एमालेको धारणा छ।