बाग्लुङमा पुरुषको शव फेला

शनिबार, ३० असार, २०८०
डिजिटल संस्करण

बाग्लुङमा एक पुरुषको शव फेला परेको छ। गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलीराम पुनमगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान ८ बजे खरबारीको बाटोनजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक पुनमगर श्रीमतीसँगै गलकोट नगरपालिका–३ हटियामा डेरा गरी बस्दै आएका थिए।  

पुनमगरले मदिरा सेवन गरेर भिरबाट लडेको हुन सक्ने आशंका गरिएको गलकोट नगरपालिका–५ का वडाध्यक्ष पवन हमालले बताए। 

प्रहरी र स्थानीयको रोहबरमा शव परीक्षणका लागि गलकोट नगर अस्पतालमा लगिएको अध्यक्ष हमालले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस 

See More On

सुझावित समाचार