झापा गौरीगन्ज गाउँपालिका वडा नम्बर १ टुनु बस्तीमा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट सर्ट भई एकजनाको मृत्यु भएको छ।
शुक्रबार ५५ वर्षकी शीला बुढाथोकीको मृत्यु भएको हो। खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाइलमा फोन आएको कारण फोन उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।