अमेरिकी सहायक विदेशमन्त्रीको दौडधुप जारी, एमाले अध्यक्षसँग पनि भेट

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । 

एमाले मुख्यालय च्यासल पुगेर सहायक विदेशमन्त्री लुले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ । 

भेटमा एमसिसी कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो । एकदिने भ्रमणका लागि आजै काठमाडौं आइपुगेका लुले आजै अर्का पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरिसकेका छन् । 

सुझावित समाचार