११ हजार घुस लिने कम्प्युटर अपरेटरलाई सात दिन कैद

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

विशेष अदालतले एक घुस मुद्दामा फैसला गर्दै सात दिन कैद सजाय सुनाएको छ। शुक्रबार विशेषका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला गरेको हो। 

जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई सात दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको हो। उनीमाथि गत पुसमा मुद्दा दायर भएकोमा ६ महिनाभित्रै फैसला आएको छ। 

करारमा काम गरिरहेका यादवले जग्गा फुकुवा गर्नका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग दुईपटकमा गरी जम्मा ११ हजार रुपैयाँ लिएको अख्तियारको अनुसन्धानले देखाएको थियो। 

भदाै ०७९ मा ६ हजार र पछिल्लोपटक ३१ असोज ०७९ मा पाँच हजार रुपैयाँ लिएको पुष्टि भएपछि उनीमाथि मुद्दा चलाइएको थियो। यो मुद्दालाई विशेषले ६ महिनाभित्रै किनारा लगाउँदै कसुर कायम हुने फैसला गरेको छ। 
 

सुझावित समाचार