ठगी गर्ने सहकारीलाई कानुनअनुसार कारबाही गर्छौँ : मन्त्री श्रेष्ठ

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगी गर्ने सहकारीहरूलाई कानुनअनुसार कारबाही गर्ने बताएकी  छिन्।

बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले ठगी गर्ने सहकारीहरूको अनुगमन र जाँचबुझ गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया जारी रहेको उल्लेख गरिन्। सरकारले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब परिचयपत्र वितरण कार्य सम्पन्न भएको उनले जानकारी दिइन्।

‘मन्त्रालयले हालसम्म ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब परिचयपत्र वितरण कार्य सम्पन्न भएको छ भने १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाको तथ्यांक विश्लेषण गर्ने कार्य भइरहेको छ,’ उनले भनिन्।

मन्त्री श्रेष्ठले आर्थिक वर्ष ०८०/८१ भित्र सबै जिल्लामा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य गरिसक्ने दाबी गरिन्।

See More On

सुझावित समाचार