एपिएफलाई हराउँदै नेपाल पुलिस क्लब महिलातर्फको फाइनलमा

राष्ट्रिय भलिबल क्लब लिग

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

नेपाल पुलिस क्लब सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको महिलातर्फ फाइनल पुगेको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आफ्नो चौथो खेलमा एपिएफलाई २५–१६, २५–१५ र २६–२४ को सोझो सेटमा हराउँदै पुलिसले प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । 

खेलअवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेकी मनीषा चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । आजको जितपछि पुलिस ४ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । 

पुलिसले अन्तिम खेल शुक्रबार न्यु डायमन्डसँग खेल्नेछ भने न्यु डायमण्ड र एपिएफमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछन् । ३ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा रहेको न्यु डायमन्डले बिहीबार एपिएफसँग खेल्नेछ । उक्त खेलमा विजयी भए एक खेल अगावै फाइनल पुग्नेछ । 

सुझावित समाचार