जरायो मारेको अभियोगमा सुर्खेतबाट चारजना पक्राउ

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

सुर्खेतको वीरेन्द्रनगरमा जरायो मारेको आरोपमा चारजना पक्राउ परेका छन्। वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित वन क्षेत्रमा जरायो मारेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको हो।

बुधबार बिहान ३ बजे काँक्रेबिहार वन क्षेत्रसँग जोडिएको नयाँ गाउँबाट जरायो मारेर मासु भागबन्डा गरिरहेको अवस्थामा प्रहरीले चारजनालाई पक्राउ गरेको हो।

जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा घटनास्थलबाटै चारजनालाई पक्राउ गरेको र उनीहरूको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीले बताए।

जरायो मार्नेमा अन्य व्यक्तिको पनि संग्लनता रहेकाले उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकोे छ।

सुझावित समाचार